Visit My Social Sites

(1) My Facebook Page          (2) My YouTube Channel        (3) My Twitter Account   (4) Instagram Account

Saturday, May 23, 2020

लकडाउनको एकसाठ्ठीऔँ दिन

जेठ १० गते, शनिवार
२०७७

आज ५ः४५ मा आँखा खुले ।रेडियो खोलेपछि बसेर कायाकैरन सुनिएन । सात बजे उठेर नित्यकर्म गरियो । अनि नुहाइ धुवाइतर्फ लागियो धेरै दिनपछि । आज जेठ १० गते, शनिबार अनि छोरीको जन्मदिन पनि । आजबाट छोरी ५ वर्ष पुुगेर ६ मा लागिन् । विगतका वर्षमा अल्लि उल्लाहसपूर्व तवारले जन्मदिन मनाइन्थ्यो । यस वर्ष वातावरण असहज भएकाले त्यस्तो केही योजना बनाएका छैनौँ । नुहाइ धुवाइपछि छोरीलाई उठाइ नुहाउन अनुरोध गर्यौँ । 

बसुन्धराले नुहाइदिइन् । मैले चियाको तरखर गरेँ । नुहाएपछि छोरीले आमासँगै पूजा गरिन् । अनि हामीले उनलाई टीका लगाई आर्शिवाद दियौँ । टीकाभन्दा दक्षिणा पाएर छोरी मख्ख । उफ्रिँदै दक्षिणा लगेर आफ्नो पर्समा राखिन् । कति राम्रो बानी । हामी सानोमा विशेषतः दशैमा दक्षिणा पाउँदा कतिखेर खर्च गरौँ, मिठाइ खाउँ हुन्थ्यो । छोरीका साथीहरु मोटु र मायरा पनि उनीसँगै खुसी थिए । आज छोरीको गृहकार्य  गर्ने नियमित कार्य अवरुद्ध भयो । १०ः१५ बजेतिर खाना खायौँ, सामान्य खाना । दिउसो सामान्य रह्यो । मैले विभिन्न अनलाइन प्लेटफर्महरुमार्फत सिक्ने कार्यहरु जारी राखेँ । छोरी खेल्न व्यस्त । बसुन्धरा कृष्ण धरावासीकाो राधासँगै व्यस्त । बेलाबेलामा फेसबुकमा पनि आँखा गइरहेका थिए । छोरीको जन्मदिनको शुभकामना हेर्न । साँझ पख पनि केही त्यस्तो रमझम भएन । सामान्य खानपिन भयोे । छोरीको केकाको अनुरोधलाई लकडाउन खुलेपछि बाबुछोरी नै गएर  किन्ने ससर्तमा साम्य पारियो ।

No comments:

Post a Comment

Featured Post

Chaitra 31,2077

 It is the last day of 2077 BS. The whole day today was as usual. We went to school, conducted a special exam. I did some official work, too...