Visit My Social Sites

(1) My Facebook Page          (2) My YouTube Channel        (3) My Twitter Account   (4) Instagram Account

Sunday, May 10, 2020

लकडाउनकाे अठ्चालिसाैैँ दिन

बैशाख २८ गते, २०७७

आज रातभरिको बर्षाले गर्दा बिहान उठ्न ढिला भएछ । वर्षा भएकाे रातकाे बिहानी पखकाे मिठाे निद्राकाे अनुभव गर्नु भएकाे छ? आज पूरा कायाकैरन सुन्न पाइएन। ६ः२० पो भुसुक्क सुतिएछ ।  नित्यकर्म पछि फेरि सुतियो । ७ः३० मा पो बल्ल ओछ्यान छोडियो । लकडाउनले त सारै अल्छि पो बनाएको छ मलाई ! हजुरको के छ दैनिकी ?आज चा चाहिँ ८ बजे खाइयो । छोरीलाई नेपालीको गृहकार्य (विद्यालयले दिएको हैन । हामीले नियमित घरमा गराइरहेको ) गराउने काम मेरै थियो । बसुन्धराकाे पकाउने । छोरीलाई क देखि ज्ञ सम्मका नेपाली व्यञ्जन वर्णहरु, अ देखि अः सम्मका स्वरवर्णहरु, दुई अक्षरले बनेका ९ वटा शब्दहरु ( याे भन्दा बढी मिसले सिकाउनु भएको छैन रे । हामीले सिकाएकाे त हुँदै हुन्न रे), आकार लागेका १२ वटा शब्दहरु, स्वरवर्णका खाली ठाउँ भर्ने गर्न दिएँ । छोरीले मज्जाले गरिन् । त्यसपछि पढेर पनि सुनाइन् । अनि उनी साथी मोटु (अनुभव खत्री) सँग खेल्न थालिन् । मैले सोसल मिडिया सर्फ गरेँ । आज भान्सामा पार्वती दिदी र बसुकै राज चल्यो । मैले सघाउनु परेन । खाना खाइ भ्याउँदा १०ः३० बजिसकेको थियो । खानपछि छोरी कपाल मिलाइदिन लागेको त्यत्ति मेसो आएन । त्यसपछि अनलाइन लर्निङ्गतिर लागियो । प्राथमिक उचार सम्बधी  एउटा पुनर्ताजगी कोर्स ६० प्रतिशत् मात्र गरियो । त्यसपछि फेसबुक ग्रुपहरु र पेजमा केही कुराहरु अपडेट गरियो । केशरसँग च्याटमा कक्षा—८ को लब्धाङ्क तयार भएको जानकारी पाएपछि  वेबसाइटबाट पनि नतिजा हेर्न मिल्ने बनाउने सल्लाह भयो । विद्यालयमा पुग्दा केशर सर र ज्ञानराज सर अगडि नै पुगेर तयारीमा लाग्नु भएको थियो । मैले परीक्षा सेटिङ्ग गरेपछि यहाँहरुले नम्बर भर्ना थाल्नुभयो । म,डोर विक्रम सर र यमबहादुर दाइ महेन्द्र मा.वि.को कम्प्युटर ल्याब हेर्न गयौँ । सिकर्मी बोलाउने र डिजाइन फिक्स गर्ने सल्लाह भयो हामी तीनजनाको । ल्याब हेरी पर्कदा २ः३० बजिसकेको थियो । सरहरुले मार्क इन्ट्री गर्दै हुनुहुन्थ्यो । केहीबेरमा मार्क  इन्ट्री सकाउनु भयो । अनि लेजर निकालेर प्रुफ रिडिङ्ग गरेर लेजर निकालियो र नजिता अनलाइनमा प्रकाशन पनि गरियो । त्यसपछि रुममा फर्कदाँ ४ बज्नै लागेको थियो भने खाजा पनि तयार हुँदै थियो । आज खाजामा सुख्खा रोटी घिउ, मह र चिया खाइयो । त्यसपछि ज्ञानराज सरको सिफारिस अनुसार आइफिलिक्समा कबड्डी कबड्डी कबड्डी फिल्म हेरियो । ठीक्कै लाग्यो । आज कतै पनि जूम ट्रेनिङ्गमा सहभागी भइएन । रामराज्य मा.वि. २०५६ व्याचमा हल्का च्याट भयो नारायण सरसँग । सर साथीहरु जुडाउन जोडतोडले लाग्नु भएको छ । मैले त्यत्ति सहयोग गर्न पनि पाएको छैन । आज पनि ३ जना साथीहरु गणेश कार्की, टोपला तिमिल्सेना र देवकला तिमिल्सेनाको प्रोफाइल खोजेर ग्रुपमा पठाउनु भएको थियो । उहाँहरुलाई एड् गरियो ।  खाना खाने तरखर गर्दा ८ः१५ बजिसकेको थियो । खाइबरी यो डायरी लेख्ने तरखरमा लागेँ । मैले डायरी लेख्दै गर्दा छोरीले बुट्टे रुमाल बोलको गीतमा नृत्य गरिन । अचेल छोरीलाई नृत्यको खुब रहर जागेको छ ! मलाई पनि हिजोदेखि बल्गमा डायरी लेख्ने सनक चढेकाे छ । ओहो ! हेर्नुस् त १०ः१० पो हुन थालेछ । अब त सुतौँ है ! शुभ रात्री ।

No comments:

Post a Comment

Featured Post

Chaitra 31,2077

 It is the last day of 2077 BS. The whole day today was as usual. We went to school, conducted a special exam. I did some official work, too...