Visit My Social Sites

(1) My Facebook Page          (2) My YouTube Channel        (3) My Twitter Account   (4) Instagram Account

Monday, May 11, 2020

लकडाउनकाे उनन्चासाैँ दिन

बैशाख २९ गते, सोमबार
२०७७
आज अलि अचम्म भयो । विहान ५ः४५ बजे आँखा खुले । उठेर शौचादीपछि रेडियो खोली १०६.२ मेगाहर्ज टुयुन गरी पुनः ओछ्यानमा पल्टिएँ  र व्यायाम गर्न थालेँ । धेरैपछि व्यायाम गरिएको आज । कुनै बेला दैनिक १५/२० मिनेट व्यायाम गरिन्थ्योे । कायाकैरन व्यायामसँगै सुने । सिमाना र कोरोना कै बर्चश्व छ समाचारहरुमा पनि । ७ः३० तिर चिया खाइवरी मेरो पुरानो कम्प्युटर मर्मत गर्न थालेँ । धेरै नै भएको थियो नचलाएको । बल्ल बल्ल बुट् भयो । आजभन्दा झण्डै १०/११ वर्ष अघिका तस्विरहरु हेर्दा रमाइलो लाग्यो । विद्यार्थी भाइबहिनीहरु कलिला हुँदाका फोटाहरु सारै मज्जाका । आज छोरी अबेरसम्मै सुतिन् । गृहकार्य गराउनु परेन । १० बजेकै सेरोफेरोमा खाना खाइयो । त्यसपछि नेटमै भुलियो । विद्यालयबाट डोर विक्रम सरले फोन गर्नु भयो । कक्षा ६ देखि १० सम्मका शिक्षकहरुलाई खबर गर्ने र २ वा ३ जनालाई अनलाइन कन्टेन्ट निर्माण गर्न सिकाई विद्यार्थीसँग सम्पर्कमा रहन सहजीकरण गर्ने भन्ने उहाँको निर्देशन अनुुुसार सबैलाई फेसबुक ग्रुपमा सन्देश प्रवाह गरी विद्यालयतर्फ लागेँ । उक्त सन्देशानुरुप विद्यालयलमा शान्ति म्याडम् मात्र उपस्थित हुनुहुन्थ्यो । उहाँलाई क्विजिज् एप्लिकेशनमा कन्टेन्ट कसरी निर्माण गर्ने, विद्यार्थीहरु कसरी सहभागी हुन सक्छन् , पहुँचवाला विद्यार्थीहरुलाई यसरी अध्यापन गराउँदा कसरी फाइदा हुन्छ, लगायत प्रयोगात्मक एवम् सैदान्तिक कुराहरु सिकाएँ । साथै यस्ता माध्यमबाट शिक्षण सिकाइ गर्दा उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यार्थीहरुलाई कसरी प्रमाण–पत्र निर्माण गरी प्रदान गर्ने र हौसला बढाउने भन्ने बारेमा पनि प्रयोगात्मक कार्य गरियो । कोठामा आउँदा ३ बजिसकेको र बसुन्धराले रोटी बनाउँदै थिइन । रोटी खाएर मैले एउटा अनलाइन कोर्स कन्टिन्यू गरेँ ।

No comments:

Post a Comment

Featured Post

Chaitra 31,2077

 It is the last day of 2077 BS. The whole day today was as usual. We went to school, conducted a special exam. I did some official work, too...