Visit My Social Sites

(1) My Facebook Page          (2) My YouTube Channel        (3) My Twitter Account   (4) Instagram Account

Tuesday, May 12, 2020

लकडाउनको पचासाैँ दिन


बैशाख ३०, मङ्गलबार
 २०७७

आजको दिन पनि कायाकैरनसँग सुरु भयो । तर ओछ्यान भने बी.बी.सी. पछि नै छोडियो । आज छोरी पनि मेरो पछि पछि नै उठिन् । अनि चा खाइसकेपछि मेरो छोरीलाई गृहकार्य गराउने नियमित कार्य  सुरु भयो । आज छोरीले गणितको गृहकार्य गरिन् ।Write from 1 to 100, Write One=1 to Twenty=20, Count and write. अनि त्यसलाई पढेर सुनाउने काम सकेपछि, एकछिन फुटबल खेल्यौँ । त्यसपछि १० बजेको सेरोफेरोमा खान खाइवरी विद्यालय स्टाफहरुको फेसबुक ग्रुपमा आज कति खेरा जम्मा हुने र ICT तथा अनलाइन कलाससम्बधी छलफल गर्ने भन्ने व्यहोराको सूचना सम्प्रेषण गरेँ । तर कसैको केही रेस्पोन्स आएन । अहिले १०ः१७ पनि सम्म जम्मा ७ जनाको रियाक्ट र २३ जनाले हेर्नु मात्र भएको छ । नो कमेन्ट नो रेस्पोन्स ! जबसम्म सिकाइका लागि सिकारु तत्पर र उत्साही हुँदैन तबसम्म कोही पनि  माइकालालले सिकाउन सक्दैन जस्तो लाग्छ मलाई त ! हजुरको के विचार छ कुन्नी ? कमेन्ट गर्नुहोला । आज विद्यालय गइएन । 

दिउसभरि नै यताउता नेट, फेसबुक र आजबाट गण्डकी प्रदेशले सुरु गरेको अनलाइन तालिममा सहभागी भएँ । नेल्टा केन्द्रिय अध्यक्ष मोतिकला म्याडम्, सल्लाकार गोविन्दराज भट्ट सर, रेलो स्पेस्लिष्ट विश्वराज गौतम सर र प्रा. जिवलाल सापकोटा सरसँग कलास लिने मौका पाइयो । आज देखि पर्सि सम्म त्यसैमा लागिन्छ । ३ः३० तिर खाजा खाइयो । अनि केहीबेर अनलाइनमै व्यस्त भएपश्चात साँझतिर छतमा  ताजा हावा खान गइयो । छोरी, बसुन्धरा र म फुटबल पनि खेलियो । आज कोरोनाका पोजेटिभ केसहरु हर्लक्क बढेर २०८ पुगेकामा सबै सशंकित देखिए पनि बाटो हिड्ने मानिसहरुको चहलपहल झनै बढेको देखिन्थ्याे । लकडाउनलाई अझ कडा पार्ने र यसलाई 
सबैले पालन गर्न भन्दै माइकिङ्ग गरेको पनि सुनिन्थ्यो । 

छतबाट कोठामा आएपछि, बसुन्धरा र छोरी तरकारी किनमेलमा गए । मेरो त के काम, मैले सुरु गरे सर्फिङ्ग । 
८ः३० बजे खाना खाइयो । खान खाइसकेपछि छोरीले घर आमा र दिदीलाई फोन गरिन् । आमा र बहिनीले उनी नर्सरी कक्षाको वार्षिक परीक्षामा ९९.७८ प्रतिशत् सहित प्रथम भएकोमा बधाई दिँदै आगमी दिनमा पनि यस्तै राम्रो गर्न भन्नु भयो । छोरीले हस् भनिन् । त्यसपछि  उनको नृत्य सुरु भयोे । मोवाइलमा मेमोरी फूल भएकाले रेकडिङ्ग गर्न भने सकिएन । त्यसपछि आमा छोरी मोबाइलमा व्यस्त भए, म भने Blogging मा  लागेँ । 

No comments:

Post a Comment

Featured Post

Chaitra 31,2077

 It is the last day of 2077 BS. The whole day today was as usual. We went to school, conducted a special exam. I did some official work, too...